विमान दुर्घटनाको खबरले स्तब्धभएको छु: राष्ट्रपति भण्डारी
काठमाडाैं | माघ १, २०७९
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ ।
आइतबार एक शोक सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’’
उहाँले सो सन्देश ट्वीटमार्फत सार्वजनिक गर्नुभएको हो । यसैबीच, आइतबार पूर्वी नेपालका केही स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पूर्वी नेपाल पुग्नु भएका राष्ट्रपतिले पोखरा घटनाको बारेमा थाहा पाउने बित्तिकै त्यहाँका कार्यक्रम स्थगित गर्नुभएको जानकारी राष्ट्रपतिको निजी सचिवालयले दिएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

